बुधबारबाट ओखलढुंगा महोत्सव सुरु

काठमाडौं । दोस्रो ओखलढुंगा महोत्सव सुरु भएको छ ।

जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीलगायत उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले सो महोत्सव बुभबारबाट सुरु भएको हो ।

महोत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

महोत्सवको आकर्षणका रुपमा दैनिक कलाकारहरुको प्रस्तुति, जातीय समुदायको झाँकी, स्थानीय उत्पादन र एक सय ५० भन्दा बढी औद्योगित स्टल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार