काठमाडौं । इलाइट लोजिस्टिकस कम्पनी नयाँ वर्ष २०८१बाट आक्रमक रुपमा प्रस्तुत हुने भएको छ ।
विगत २ वर्षदेखि निरन्तर होम डेलिभरी सेवा प्रदान गर्दै आएको इलाइट नयाँ वर्षसँगै थप आक्रमक रुपमा प्रस्तुत हुन लागेको हो ।
हाल काठमाडौंबाट देश तथा विदेशमा सेवा प्रदान गर्दै आइरहेको इलाइटले प्रत्यक्ष रुपमा ४५ जनालाई राेजगारी दिएको छ । त्यसैगरी इलाइटसले अप्रत्यक्ष रुपमा पनि रोजगारी सिर्जना गरेको छ । हाल कम्पनीले देशका विभिन्न मुख्यमुख्य शहरबाट सर्भिस दिँदै आएको छ ।
नयाँ वर्षको अवसरसँगै कम्पनीले ग्यारेन्टी डेलिभरीको योजना अघि सारेको छ । त्यस्तै, नयाँ वर्षमा एकजनाले एक दिनमा ५० प्याकेट अर्डर दिएमा ३ दिन डेलिभरी नि:शुल्क गर्ने भएको छ । वैशाखभरी इलाइटस लोजिस्टिकसँग जोडिने नयाँ ग्राहकले पहिलो दिन निःशुल्क सेवा प्राप्त गर्नेछन् ।
आगामी दिनमा कम्पनीले काठमाडौं र देशभर थप शाखा विस्तार गरी सेवा प्रवाह गर्ने कम्पनीका अध्यक्ष गोविन्द ढुंगानाले जानकारी दिए ।
‘कम्पनीले नयाँ वर्षको अवसरमा कम्पनीले ग्यारेन्टी डेलिभरीको योजना अघि सारेको छ । नयाँ वर्षमा एकजनाले एक दिनमा ५० प्याकेट अर्डर दिएमा ३ दिन डेलिभरी निशुल्क गर्ने भएको छ । वैशाखभरी इलाइटस लोजिस्टिकसँग जोडिने नयाँ ग्राहकले पहिलो दिन निःशुल्क सेवा प्राप्त गर्नुहुनेछ,’ उनले भने, ‘कम्पनीले आगामी दिनमा काठमाडौं र देशभर थप शाखा विस्तार गरी सेवा प्रवाह गर्ने योजना रहेको छ ।’
आफूसँगका साथी विदेश गए पनि देशमै केही गर्नुपर्छ भनी कम्पनी स्थापना गरेको उनले सुनाए। अहिले आफूले कम्पनीमा काम गर्नेहरुलाई महिनाको १३ लाख हाराहारीमा तलब दिने गरेको पनि उनले बताए ।











प्रतिक्रिया