अभिनेत्री पूजा शर्माको शल्यक्रिया सफल

काठमाडौं । अभिनेत्री पूजा शर्माको शल्यक्रिया गरिएको छ।

अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत् अफूले शल्यक्रिया गरेको जानकारी दिएकी हुन् ।

उनी अस्वस्थ भएर मेडिसिटी अस्पताल भर्ना भएकी थिइन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । साथै उनले आफ्नो स्वास्थ्यमा छिटो सुधार आएको भन्दै उनले डाक्टरहरुलाई धन्यवाद समेत दिएकी छिन्।

‘मेरो स्वास्थ्यमा छिटो सुधार आएको देखेर म धेरै खुसी छु। यो अब आराम गर्ने र छिटो सुधारका लागि डाक्टरहरुको सल्लाह पालना गर्ने समय हो। स्वास्थ्य लाभको शुभकामना दिन सबैलाई धन्यवाद,’ उनले लेखेकी छिन्

प्रतिक्रिया

सम्बन्धित समाचार