काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको संवैधानिक परिषद्को बैठकले उनलाई सो पदमा सिफारिस गरेको हो ।
आज बिहान बालुवाटारमा सो बैठक बसेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएका थिए । त्यसयता यो पद रिक्त थियो ।




प्रतिक्रिया