काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आफूहरुको वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका छन् ।
बिहीबार सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।
सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ गुमेको उनीहरुको भनाइ छ ।
सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।




प्रतिक्रिया