काठमाडौं । मोरङ विराटनगर महानगरले सुरु गरेको महानगर रोजगार मेलाको पहिलो दिन २ हजारभन्दा बढी सर्वसाधारणले रोजगारीका लागि निवेदन परेको छ ।
रोजगारीको खोजीमा रहेका र रोजगारदातालाई जोड्ने उद्देश्यसहित सुरु गरिएको सो मेलामा उल्लेति संख्यमामा आवेदन परेको हो ।
रोजगारी मेलाको उद्घाटन गर्दै महानगरका मेयर नागेश कोइरालाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच महानगरले मेला आयोजना गरी सेतुको काम गरेको बताए।
मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृतसम्मको माग आएको रहेको महानगरले जनाएको छ। त्यसैगरी, महानगर उपमेयर शिल्पा निराला कार्कीले महानगरले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन्।
मेलाले बजारमा कुन प्रकारको जनशक्ति आवश्यक छ र श्रमबजारमा कस्ता जनशक्ति छन् भन्ने विषय पनि प्रस्ट हुने उपमेयर कार्कीले बताइन्।
कार्यक्रममा इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रकुमार साह, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालगायतले महानगरले आयोजना गरेको रोजगारी मेलाबाट रोजगार लिने र दिने दुवै पक्षलाई फाइदा पुग्ने बताए।
शनिबार सम्पन्न हुने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बीमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल रहेका छन्।








प्रतिक्रिया