गोकर्णेश्वर–४बाट अचार र जुत्ताचप्पल निर्यात हुन्छ : वडाध्यक्ष महत

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा जुत्ताचप्पल र अचार अचार बनाउने काम भइहेको बताएका छन् ।

वडाध्यक्ष महतका अनुसार यस वडाका स्थानीयले उत्पादन गरेको अचार र जुत्ताचप्पल निर्यात हुने गरेको छ ।

गोकर्णेश्वर ४ नगरका सुगम र दुर्गम वडालाई जोड्ने वडा भएको जानकारी दिए । उनले भने, ‘यो वडा नगरका अन्य वडाहरुमध्ये न त विकसितमा पर्छ । न त सुगममा । यस वडाले दुवै थरिका वडालाई जोड्ने गर्छ ।’
वडा नम्बर ४ ले सांस्कृतिक सम्पदा र पर्यटनलाई जोडेर अघि बढेको बताउँदै उनले आगामी दिनमा यसलाई थप प्राथमिकतामा राख्ने बताए । गोकर्णेश्वरलगायत अन्य धार्मिक पीठ वडा नम्बर ४ मै रहेको बताए । यस वडाको कार्यलयमा कुँहिने र नकुँहिने फोहोर छुट्याइएको छ । सोहीअनुरुप करिडोरमा पनि फोहोरको वर्गीकरण गरिएको उनले बताए ।

वडाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै आवश्यकताका आधारमा मलविउ खाद्यलगायत कुरा वडाले वितरण गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार