एमालेले ओलीको प्रतिवेदनको भाव र सन्देश सम्प्रेषण गर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी पारित गराएको राजनीतिक प्रतिवेदनको भाव र सन्देशलाई पार्टीभित्र एकरूपताका साथ बुझाउँदै तल्लो तहसम्म सम्प्रेषण गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनले पार्टीभित्र एकताको भावना विकास गरेको बताए। उक्त भावनालाई पार्टीका तल्ला तहसम्म पुर्‍याउनुपर्नेमा बैठकले जोड दिएको उनको भनाइ छ।

भट्टका अनुसार बैठकमा अध्यक्षको प्रतिवेदनलाई पार्टीभित्र एउटै धारणा र बुझाइका साथ ग्रहण गर्दै त्यसको भाव तथा सन्देश संगठनका तल्लो तहसम्म पुर्‍याउने विषयमा छलफल भएको थियो।

उनले भने, ‘अध्यक्षको प्रतिवेदनले एकताको भाव पैदा गरेको छ। त्यसलाई कसरी तलसम्म सम्प्रेषण गर्छौँ भन्ने विषयमा जोड दिइयो। एकरूपतामा अध्यक्षको प्रतिवेदनलाई बुझ्ने र तलसम्म सम्प्रेषण गर्ने विषयमा छलफल भयो।’

सचिवालय बैठकमा केन्द्रीय सदस्य मनोनयनका विषयमा समेत छलफल भएको भट्टले जानकारी दिए। पार्टी एकीकरणमार्फत एमालेमा आएका नेताहरूलाई केन्द्रीय कमिटीमा समेट्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।

बैठकले पार्टीभित्रको एकता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिँदै अध्यक्षको राजनीतिक प्रतिवेदनको सन्देशलाई संगठनको तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयमा जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार