काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सरकारबाट जेनजी सहित र घाइतेको अपमान महसुस भएको टिप्पणी गरेकी छिन् ।
जेनजी आन्दोलनको एक वर्षको अवसरमा सहिदहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र विवादित पात्रसँगै उनले यस्तो बताएकी हुन् ।
”मलाई थाहा छैन त्यो स्टेज कसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो ? मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ,” उनले उल्लेख गरेकी छिन् ।




प्रतिक्रिया