भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा

काठमाडौं । अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी तेल भण्डारमा नियन्त्रणको प्रक्रिया अघि बढाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो काम भेनेजुएलामा कार्यरत एक निजी कम्पनीसँग मिलेर सो स्रोत नियन्त्रणका लागि प्रक्रिया अघि बढाएको हो ।

यस साझेदारीबाट उत्पादन हुने तेलमा अमेरिकाले ५५ प्रतिशत हिस्सा पाउनेछ । तर, उक्त निजी कम्पनीको नाम भने अझै सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसलाई विश्वकै सबैभन्दा ठूलो सम्झौता भनेका छन् । भेनेजुएलाकी राष्ट्रपति डेल्सी रोड्रिग्जले पनि यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिएकी छन् ।

भेनेजुएलासँग ३०० अर्ब ब्यारेलभन्दा बढी ठूलो तेल भण्डार छ । यति ठूलो तेल भण्डार भए तापनि त्यहाँ उत्पादन भने निकै कम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार