टाटा कार्निभलको चौथो संस्करण : पुरानो गाडी दिएर नयाँ पन्च वा नयाँ टियागो ईभी साट्न पाइने

काठमाडौं। नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ । ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च ईभी र नयाँ टियागो ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ । पुरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ ।

योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो । नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।

अत्याधुनिक ‘एक्टी-ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट र ४० किलोवाट क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन् । जसले नेपालको बाटोमा गरिएको परीक्षणअनुसार एक टकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् ।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।

दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार