एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले २०८३ साल भदौ १ गते लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्ला तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या पाँच पुगेको छ । उक्त काउन्टरमार्फत पाल्पावासीले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले ग्राहकको पहुँच विस्तार गर्दै विभिन्न स्थानमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप एक्सटेन्सन काउन्टर विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया