काठमाडौं । स्थानीय बजारमा आइतबार (साउन ३१) सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख पाँच हजार २०० रुपैयाँ कायम छ । शुक्रबार (साउन २९) छापावाल सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलाको चार हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस







प्रतिक्रिया