जुट उत्पादनमा गिरावट, बढ्यो आयत

झापा । कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ ।

पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२-८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजारबराबरको कच्चा जुट आयात भएको छ । अघिल्लो आव २०८१–८२ मा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो । एक वर्षमै कच्चा जुटको आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार