अर्थमन्त्री-बैंकका कार्यकारी निर्देशकबीच छलफल हुँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (साउन २०) नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्। बैठक बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बस्नेछ।

मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गरेका अर्थमन्त्रीले आज केन्द्रीय बैंकका उच्च अधिकारीसँग अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीतिको कार्यान्वयन तथा सुधारका उपायबारे छलफल गर्नेछन्।

अर्थ मन्त्रालयका अनुसार गभर्नर र डेपुटी गभर्नरसँग नियमित हुने भेटबाहेक सबै कार्यकारी निर्देशकसँग एकैपटक हुने यस्तो छलफल पहिलोपटक हुन लागेको हो।

प्रतिक्रिया