नबिल र शाइन रेसुङ्गालाई अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भारतको इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा प्रतिष्ठित अवार्ड जितेका छन्।

नयाँदिल्लीमा आयोजित कार्यक्रममा नबिलले वाणिज्य बैंकतर्फ बेस्ट बैंक अवार्ड प्राप्त गर्दा शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक, बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी र बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड जितेको हो।

अवार्डका लागि नेपालसहित बिम्स्टेक राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरूबीच प्रतिस्पर्धा भएको थियो। सहभागी संस्थाहरूको वित्तीय अवस्था, सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन र ग्राहक सेवाका आधारमा मूल्याङ्कन गरिएको थियो। छनोट प्रक्रिया स्वतन्त्र निर्णायक मण्डल तथा पीडब्लुसीका विज्ञहरूको सहभागितामा सम्पन्न भएको आयोजकले जनाएको छ।

यो उपलब्धिलाई नेपालको बैंकिङ क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सम्मानका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार