काठमाडौं । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरेर सुशीलकुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन् ।
समितिलाई बिमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ ।



प्रतिक्रिया