आज निर्यात उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दैछन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ ।

छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उद्योगी व्यवसायीसँग सुझाव लिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार