काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका संख्या घटाउन सुझाव दिएको छ । आयोगले हालका २७ गौरवका आयोजनालाई १० वटामा सीमित गर्न सुझाव दिएको हो ।
अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले सो सुझाव दिएका हुन् ।
पर्याप्त तयारीविना गौरवका आयोजना घोषणा गरिँदा धेरै आयोजना वर्षौंदेखि सम्पन्न हुन नसकेको बताउँदै उनले भने, ‘पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा गरियो । यसले गर्दा सुरु गर्नै समय लाग्यो, राष्ट्रिय गौरवका आयोजना धेरै भए ।’ उनले गौरव गर्न लायक सीमित आयोजना हुनुपर्ने धारणा राखे ।
निर्माणाधीन बबई सिंचाइ आयोजनाको उदाहरण दिँदै उनले अध्ययन नगरी कार्यक्षेत्र थप्ने काम पनि रोकिनुपर्ने धारणा राखे । ‘अध्ययन गरेर मात्रै कार्यक्षेत्र थप्नुपर्छ,’ उनले भने ।


प्रतिक्रिया