नेताको घरमा जलेको पैसाबारे अनुसन्धान गर्ने टोलीको कार्यशैली सुस्त

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा २४ भदौमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता दीपक खड्काको जलेको घरमा ठूलो परिमाणमा पैसा जलेको पुष्टि हँुदासमेत उनीहरूको सो सम्पतिका बारेमा छानबिन गर्दै आएको सरकारको संयुक्त अनुसन्धान टोली केही समय यतादेखि निकै सुस्त बन्न थालेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित संयुक्त अनुसन्धान टोलीले ती नेताहरूको घरमा जलेको अवस्थामा फेला परेको पैसाका आधारमा उनीहरूको सो पैसा तथा अन्य सम्पत्तिको बारेमा समेत छानबिन थाल्दै आएको थियो । तर, तिनै नेता तथा ती नेताका निकट विभिन्न व्यक्तिहरूमार्फत धम्की र दबाब आउन थालेपछि अनुसन्धान टोली त्रासमा परेको स्रोतको दाबी छ । जसका कारण त्यससम्बन्धी अनुसन्धान निकै सुस्त बनेको हो ।

यी सबै निकायले संयुक्त अनुसन्धान थाले पनि पछिल्ला दिनमा नेताहरूको विभिन्न खाले दबाब र धम्कीहरू आउन थालेपछि अनुसन्धान अधिकारीहरूले अनुसन्धानलाई सशक्त रूपमा अघि बढाउन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार