क्तपुरमा आज बिहानैदेखि यस वर्षको गाईजात्रा पर्व सुरू भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा गत वर्षदेखि पुन: भव्यरूपमा मनाइन थालिएको हो ।
तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म गाईजात्रा मनाइन्छ ।
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।







प्रतिक्रिया