काठमाडौं । २०८२ गते भदाै ८ गतेबाट सुरु भएको नाडा अटो शो २०२५ भव्यताका साथ समापन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको सत्रौँ संस्करणको सो नाडा अटो शो २०२५ भदौ ८ गते समापन भएको हो । सो शो भृकुटीमण्डपमा आयोजना भएको थियो ।
सो संस्करण १,७६,७८९ दर्शकले अवलोकन गरेका थिए । यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा आएका नवीनतम सवारी साधन राखिएकाले यो वर्षको शो विगतका वर्षको तुलनामा यो शो ऐतिहासिक बन्न पुगेको छ ।
यस वर्ष दर्शकको आकर्षकको रुपमा उड्ने सवारी साधन, रोवोटिक म्यान र डगलगायत नयाँ ब्रान्डका विद्युतीय सवारी साधन आकर्षकका केन्द्रबिन्दु बन्न पुगे ।
नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो।
नाडा अटो शो को पहिलो दिन अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स ९सियाम० का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा इण्टरनेशनल अटो ट्रृेड डायलग विषयमा भएको थियो ।
नाडा अटो शो को दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फ्युचर, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
नाडा अटो शो को तेश्रो दिन नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्र्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।
नाडा अटो शो को चौथौं दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराईकोे प्र्र्र्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्र्मुख आतिथ्यमा र नेपाल अटो पत्रकार संघको सहकार्यमा युथ मोविलिटी एण्ड नेशनल ड्रिम भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यसै क्रममा नाडा अटो शो को पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आज नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।




प्रतिक्रिया