घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा २३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २३ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार