काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारत र बाङ्ग्लादेशलाई बिजुली बेचेर एकै दिन १० करोड रुपैयाँसम्म आम्दानी गरिरहेको पाइएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार विद्युत् प्राधिकरणले बिहीवार २४ घण्टामा भारत र बाङ्ग्लादेशलाई गरेर १६,१६० मेगावाट आवर बिजुली बेचेर १० करोड रुपियाँ आम्दानी गरेको हो ।
प्राधिकरणले बाङ्ग्लादेशलाई ६.४ अमेरिकी सेन्टमा ४० मेगावाट विद्युत् बिक्री गर्दै आएको छ।
भारतलाई बिक्री गरिने विद्युत्को भने माग र आपूर्तिका आधारमा मूल्य तय हुने गरेको छ।
“बिहीवार १६,१५० मेगावाट आवर विद्युत् निर्यात भएको रहेछ। त्यसको औसत मूल्य नेपाली ६ रुपैयाँ ६२ पैसा रह्यो। त्यस हिसाबले त्यस दिन मात्रै १० करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात भएको हाम्रो प्रणालीमा देखिन्छ,” प्राधिकरणका प्रवक्ता ढकालले भने।
“बिक्री हुने विद्युत्को परिमाण र मूल्य दुवै तलमाथि भइरहने भएका कारण हरेक दिन यति नै परिमाण र मूल्यको निर्यात हुन्छ भन्ने निश्चित हुँदैन।”








प्रतिक्रिया