सुनको मूल्यमा एकैदिन भारी गिरावट, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १,४०० रुपैयाँ घटेर १,९०,८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसकै मूल्य १,९२,२०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेर १,९६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य १,९५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३,३२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार