एकैदिन तोलामा ५३ सय रूपैयाँ बढ्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको भाउ एकैदिनमा ५,३०० रूपैयाँलेबढेर प्रतितोला १,८९,९०० रूपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार यो मूल्य १,८४,६०० रूपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि ५५ रूपैयाँले वृद्धिभई १,९६५ रूपैयाँ प्रतितोला पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन ३,३५५ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार