काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको सदस्य पदमा सोलुखुम्बुका बाँस्तोला मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले सोलुका बाँस्तोलालाई पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम सो पदमा मनोनीत गरेका हुन् ।
बाँस्तोला उद्योगी क्षेत्रका समस्याबारे जानकार र सोकाे समाधान गर्नसक्ने क्षमता भएका जुझारु युवा नेतृत्व हुन् ।
यसरी मनोनीत हुनेहरुमा शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौँ), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौँ) छन् ।
काँग्रेसको केन्द्रीय महासमिति सदस्य भइसकेका बास्तोला विश्व हिन्दु महासंघको केन्द्रीय र अन्तर्राष्ट्रिय समितिका महासचिव समेत हुन् । दुई दशक अगाडिदेखि समाजसेवा, राजनीति र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा सकृय रहेका बास्तोला विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम पार्टीमा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए । वि.सं. २०७० को संविधानसभा सदस्य निर्वाचनमा बास्तोला संविधानसभा सदस्यको लागि समानुपातिक तर्फबाट उम्मेदवार रहेका थिए।




प्रतिक्रिया