भारत भ्रमणबारे प्रधानमन्त्रीको ब्रिफिङ : सात विषयवस्तुमा हस्ताक्षर भएको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको जानकारी गराएका छन् ।

भारत भ्रमणपश्चात् सोमबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा उनले यस्तो जानकारी गराएका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भैरहवा सुनौली एकीकृत जाँच चौकीको शिल्यान्यास भएको, एकीकृत जाँच चौकी, क्वारेन्टाइन सेवा विस्तार भएबाट ब्यापार विस्तार, अनाधिकृत व्यापार रोक्न सहज हुने तथा गुणस्तरीय वस्तुको आयोत विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार